किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८०

कितावघरको आयोजनामा आज सञ्चालित किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८० भव्यरुपमा सफल भएको हामीले महशुस गरेका छौं । हाम्रा विधार्थीले पुस्तक मेला अवलोकन तथा मनपरेको पुस्तक अभिभावकलाई सिफारिश गरी खरिद गरेका पनि छन् । प्रिय विधार्थी भाइबहिनीलाई यो मेला कस्तो लाग्यो भनि जिज्ञासा राख्दा उनीहरुले किनेका किताव चाडपर्व विदाको मौका छोपी अध्ययन गर्ने कसैले पुस्तक अध्ययन पश्चात समिक्षा लेखन कार्यमा व्यस्त हुने भनि जवाफ दिनु भयो । केही विधार्थी भाइबहिनीहरुले पुस्तक अध्ययन रुचिको विषय रहेको र आफ्नै ज्ञानको बृद्धिविकासका लागि पुस्तक खरिद गरिएको भन्नु भयो । अन्त्यमा विधार्थीहरुको पठनसंस्कृति विकासमा टेवा पुर्याउने यस्ता खालका कार्यक्रम आयोजना गर्नु छवि सर र किताबघरलाई मुरी मुरी धन्यबाद । र कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु हुने शिक्षकवर्ग, बालजागृति स्काउट ट्रुपलाई पनि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

Scroll to Top