Baljagriti Alumni Meet-2023

यस विद्यालयबाट वि.सं. २०६२ साल देखि हालसम्म एसएलसी वा एसईईमा सहभागी हुनु हुने सम्पूर्ण पूर्व विद्यार्थीहरुको भेलाको अवसर जुटाउन Baljagriti Alumni Meet-2023 आयोजना गरेको छ । भेलामा यसै विद्यालयका एसएलसी व्याच २०६३ का पूर्व विद्यार्थी सुदिप बर्तौलाको अध्यक्षतामा २५ सदस्यीय बालजागृति आलुम्नाई एशोसियशनको गठन गरिएको छ । कार्यक्रम यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष श्री दिनेश प्रसाद भण्डारीको सभाध्यक्षतामा सञ्चालन भएकोे थियो भने अन्य संस्थापक सदस्यज्यूहरुको पनि गरिमामय उपस्थितिका साथै करिब २५० पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम भव्य र सभ्यरुपमा सफल पारिदिन हुन सहयोगी भूमिकामा रहनु हुने साँस्कृतिक कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकज्यूहरु, शिक्षक तथा कर्मचारीहरु, पत्रकारज्यूहरु सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछ । साथै नव गठित बालजागृति आलुम्नाई एशोशियसनका पदाधिकारीज्यूहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

 

Scroll to Top